गोरखा– गोरखाको धावामा गर्भवती महिला माथि रातको समयमा छुरा प्रहार भएको छ।
भीमसेन थापा गाउँपालिका–४ धावामा गएराती सुतिरहेको स्थानमा महिला माथि छुरा प्रहार भएको हो।
छुरा प्रहारबाट घाइते भएकी महिलाको गोरखा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर पठाइएको छ। चौतारा स्थित भगवती माध्यामिक बिधालय नजिककै पसल सञ्चालन गर्दै आएकी २५ बर्षिय सन्जु भट्ट अज्ञात व्यक्तिको छुरा प्रहारबाट गम्भीर घाइते भएकी हुन। घाइते भट्टको ढाड र कम्मरमा २ ठाउँमा गम्भीर चोट लागेको वडाध्यक्ष मदन श्रेष्ठले बताउनुभयो।
घाइते महिला गर्भवती समेत रहेको परिवार उनका श्रीमान बिराज भट्टले बताएका छन् । गएरतीको करिब साढे ११ बजेको समयमा सुतिरहेका बेला अज्ञात व्यक्ति कोठामा पसेर महिला माथि छुरा प्रहार गरको हो, गरगहना लुटपाट गर्ने उद्देस्यले आएको र महिलाले चिच्चाएपछि छुरा प्रहार गरेर ति व्यक्ति भागेको रहेछ ’ घाइतेको भनाई उदृत गर्दै वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
कोठामा महिला र उहाँकी ४ बर्षकी छोरी संगै सुतेका थिए। सुतेका बेला कोठा भित्र कोही हाम्फालेको आवाज आएपछि महिलाले उठेर लाईट बाल्ने क्रममा उहाँ माथि छुरा प्रहार भएको हो।’ घाइते महिलाकी श्रीमान बिराज भट्ट भने गएराती पुरानो घरमा सुतेका थिए। पसलघरमा सन्जु, उनकी ४ बर्षकी छोरी र बृद्ध ससुरा सुतेका थिए ।
घटना लगत्तै इलाका आरुघाट प्रहरी कार्यालय र ध्याम्पेसाल प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर शकास्पद व्यक्तिको खोजी गरेको भएपनि घटनामा संलग्नको पहिचान हुन भने सकेको छैन।
घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरु पक्राउ परेका छन् । घटनामा सँलग्न भएको आरोपमा उनीहरु माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले जानकारी दिए ।