Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ऐतिहासिक आँगनमा राष्ट्रनिर्माता सलामी अर्पण गरिने

ऐतिहासिक आँगनमा राष्ट्रनिर्माता सलामी अर्पण गरिने

रासस

१२, पौष २०७९
ऐतिहासिक आँगनमा राष्ट्रनिर्माता सलामी अर्पण गरिने
images

गोरखा - गोरखा दरबार सङ्ग्रहालय परिसरमा रहेको ऐतिहासिक ‘ठूलो आँगन’मा राष्ट्रिय एकता दिवसको अवसरमा झण्डोत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पण थालनी गरिने भएको छ।  

images
images

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिक, नेपालको राष्ट्रिय झण्डा र नक्सा राखेर राष्ट्र निर्माता सलामी अर्पण सुरु गरिने गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिए। सङ्ग्रहालय परिसरमा आज (मंगलबार) पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो। नगरप्रमुख रानामगरले यही पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पणको थालनी गरिने बताए। 

समग्र गोरखाको पर्यटन प्रवर्द्वनका लागि ठूलो आँगनमा दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योस्तको समयमा पृथ्वीनारायण शाह पालाका नेपाली सेनाको पेसाकमा सेनाको परेड खेल्ने र सलामी अर्पण गर्ने उनले बताए। “ठूलो आँगनमा पृथ्वीनारायण शाहको पालाका समयमा पनि तत्कालीन सेनाले हतियार प्रदर्शनसहित सेनाको परेड खेलाउने ठाउँको रुपमा ऐतिहासिक महत्व भएको ठाउँ हो”, उनले भने, “सोही इतिहासको जगेर्ना गर्न अबदेखि दैनिकरुपमा तत्कालीन सेनाको पोसाकमा नेपाली सेनाले विजय ध्वनिसहित राष्ट्र निर्माता सलामी अर्पण गर्नेछ।” 

उनले यसबाट राष्ट्र निर्माता सलामी हेर्नका लागिसमेत पर्यटक गोरखा आउने वातावरणको सिर्जना हुने बताए। “बिहान आउने पर्यटक बेलुकीको सलामी हेर्न बास बस्न सक्ने र बेलुकी आउने पर्यटक बिहानको सलामी हेर्न सदरमुकाममा एकरात बस्ने अवस्थाको सिर्जना हुन्छ”, नगरप्रमुख रानामगरले भने, “यसबाट गोरखाको इतिहासको जर्गेना मात्र होइन पर्यटनको प्रवर्द्वनसमेत हुनेछ।” गोरखा नगरपालिकाको प्रस्तावमा नेपाली सेनाले गोरखाको इतिहासको जर्गेना गर्न राष्ट्र निर्माता सलामी अर्पणको थालनी गर्न लागेको उनले बताए। 

images
प्रकाशित मिति :पौष १२, २०७९ मंगलवार - १८:१३:२८ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology