Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनामा गुणस्तरीय शिक्षाका लागि गाउँपालिका र शिक्षक संगठनसँग सहमति

इच्छाकामनामा गुणस्तरीय शिक्षाका लागि गाउँपालिका र शिक्षक संगठनसँग सहमति

इच्छाकामना न्युज

१४, पौष २०७९
इच्छाकामनामा गुणस्तरीय शिक्षाका लागि गाउँपालिका र शिक्षक संगठनसँग सहमति

कुरिनटार । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यसहित युनाइट प्रोजेक्ट नेपालले चितवनको इच्छाकामना गाउँपालिका र इच्छाकामना गाउँपालिकाभित्रको शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनसँग संयुक्तरूपमा सहमति गरेको छ। 

images

इच्छाकामना–४, कुरिनटारमा भएको दुई दिने गोष्ठी समापन गर्ने क्रममा ती संस्थाहरूबीच विभिन्न बुँदामाथि छलफल गरेर गुणस्तरीय शिक्षाको लागि काम गर्ने विषयमा सहमति भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए। सहमतिपत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष दानबहादुर गुरूङ, शिक्षक संगठनका तर्फबाट अध्यक्ष गोपी सिलवालले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। 

सहमतिपत्रानुसार शैक्षिक संवाद समिति गठन गरी नियमित छलफल र पालिकाको नीति निर्माण गर्नुपूर्व शिक्षक संस्थाहरूसँग छलफल गर्ने, निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षालाई प्रवद्र्धन गर्न शैक्षिक संवाद समितिलाई क्रियाशील बनाउने, पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा स्रोत, साधनको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने, दिवा खाजालाई व्यवहारिक बनाउने, बालमैत्री विद्याथलय निर्माण र विद्यार्थीले पाउने हरेक सुविधालाई न्यायिक बनाउने, विद्यालयमै आत्मसुरक्षाको तालिम दिनुका साथै सेनेटरी प्याड निर्माणको कार्ययोजना ल्याइनेलगायतका विषय समेटिएका छन्। 

बुधबार र बिहीबार कुरिनटारमा भएको कार्यशाला गोष्ठीबाट नयाँ योजना अगाडि आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए। उनका अनुसार युनाइट प्रोजेक्ट नेपालले नेपालको स्थानीय तहमध्ये सबैभन्दा पहिला इच्छाकामना गाउँपालिकासँग सहमति गरेको हो। यो प्रोजेक्टले शिक्षकहरूका लागिसमेत नेतृत्व तथा क्षमता विकाससम्बन्धी तालिम दिँदै आएको छ। बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा भएको दुई दिने कार्यशालामा ४२ जना शिक्षक सहभागी थिए। 

images
प्रकाशित मिति :पौष १४, २०७९ बिहिवार - १९:२०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology