काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ । पार्टी विभाजनको ७ वर्षपछि प्रचण्ड बाबुराम एउटै पार्टीमा हुन लागेको हो ।
बाबुरमाले पार्टी छाडेपछि गत मंसिर ४ को प्रतिनिधिसभा चुनावमा उनको पार्टीले माओवादी केन्द्रकै चुनाव चिह्नबाट चुनाव लडेको थियो । बाबुरामले आफू अब संसद नरहने भन्दै गोरखा क्षेत्र न २ बाट प्रचण्डलाई चुनावमा सहयोग गरेको थियो । भट्टराई गोरखा क्षेत्र न २ मा लोकप्रिय नेताको रुपमा परिचित छन् । ०७४ सालको संघीय निर्वाचनमा माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई करिव ९ हजार मतले पराजित गरेको थियो । भट्टराईले गत मङ्सिरको निर्वाचनमा काठमाडौ क्षेत्र न ७ बाट आफ्नो छोरी मानुषीलाई गठबन्धनको साझा उमेद्धार बनाएको थियो ।
शनिबार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरु सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छ ।
‘नेसपाका सहअध्यक्ष समेत रहेका गंगानारायण श्रेष्ठले भने, दुबै पार्टीको वार्ता टोलीले पार्टी एकताका सबै विषयमा छलफल गरेर टुंगो लगाउँछौ।’