Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अर्थ

आँबुखैरेनीको एकता सहकारीको अध्यक्षमा पुनः बाबुराम देवकोटा सर्वसम्मत

आँबुखैरेनीको एकता सहकारीको अध्यक्षमा पुनः बाबुराम देवकोटा सर्वसम्मत

इच्छाकामना न्युज

२४, पौष २०७९
आँबुखैरेनीको एकता सहकारीको अध्यक्षमा पुनः बाबुराम देवकोटा सर्वसम्मत

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा संचालित एकता बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनः बाबुराम देवकोटा सर्वसम्मत चयन भएको छ । संस्थाको शनिबार चितवनको सौराहामा सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः देवकोटालाई चयन गर्दै पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो।

images

अधिवेशनले संस्थाको उपाध्यक्षमा शर्मिला घले, सचिवमा गोविन्द प्रसाद खनाल, कोषाध्यक्षमा किसान श्रेष्ठ, सदस्यहरुमा सिर्जना अधिकारी (थापा), दिपक खनाल, गंगा थापा, चन्द्रका के.सी. र सुमन बगाले चयन भएका छन्। 

यस्तै संस्थाको लेखासमिति संयोजकमा चन्दन श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा तिल कुमारी श्रेष्ठ र गोवर्धन कार्की चयन भएका छन् ।

संस्थाले गत आव २०७८÷०७९ मा खुद नाफामा ७.५ प्रतिशतले वृद्वि गरेको संस्थाको प्रबन्धक सन्तोष थापाले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - २०:५२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology