काठमाडौँ। सत्ता गठबन्धनमा प्रदेशको नेतृत्वको भागबन्डामा सहमति जुटेको छ । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले सहमति जुटाएको हो ।
मधेसमा पहिलो कार्यकाल जसपाले चलाउने भएको छ । दोस्रो कार्यकाल जनमत पार्टीले चलाउने छ । वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । दोस्रो कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।
मुख्यमन्त्री कुन प्रदेश कसलाई ?
प्रदेश १ – एमाले
मधेश – जनता समाजवादी र जनमत पार्टी आलोपालो
बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो
गण्डकी लुम्बिनी – एमाले
कर्णाली – माओवादी केन्द्र
सुदूरपश्चिम –एमाले–माओवादी आलोपालो।
सभामुख कुन प्रदेश कसलाई ?
मधेश, कर्णाली – एमाले
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी
बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी
उपसभामुख – कुन प्रदेश कसलाई ?
प्रदेश १ र गण्डकी – एमाले
बागमती र कर्णाली – माओवादी
लुम्बिनी – राप्रपा
मधेश प्रदेश – जनमत पार्टी
सुदूरपश्चिम – नागरिक उन्मुक्तिलाई प्रस्ताव