Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मेयर दाहालद्वारा ‘मेड इन नेपाल’ एक्स्पोको निरीक्षण

मेयर दाहालद्वारा ‘मेड इन नेपाल’ एक्स्पोको निरीक्षण

images

इच्छाकामना न्युज

२५, पौष २०७९
मेयर दाहालद्वारा ‘मेड इन नेपाल’ एक्स्पोको निरीक्षण
images

नारायणगढ । १४औँ चितवन महोत्सव अन्तर्गत ‘मेड इन नेपाल’ एक्स्पोको तयारी पुरा भएको छ। युवा उद्यमी मञ्च चितवन च्याप्टरले चितवन महोत्सवको मुख्य गेटनजिक एक्स्पोको आयोजना गरेको छ। यहाँ नेपालमा उत्पादित वस्तु मात्रै प्रदर्शन गरिएको छ। 

एक्स्पोको भोलि (मंगलबार) बिहान ११ बजे आधिकारिकरुपमा उद्घाटन गरिँदै छ। भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले एक्स्पोको उद्घाटन गर्नेछन्। ४० वटा स्टल रहेको एक्स्पोको सोमबार चितवन महोत्सवको उद्घाटन पश्चात भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले निरीक्षण गरेका थिए। 

एक्स्पोमा सबै प्रदर्शक आइसकेको युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए। एक्स्पोमा युवा उद्यमीहरु बीच ‘बिजनेश आइडिया’को विषयमा प्रतिस्पर्धा पनि हुने छ। उत्कृष्ट कार्य योजना पेश गर्ने उद्यमीलाई एक लाख रुपैयाँ राशिको पुरस्कारले पुरस्कृत गरिने उनले बताए। 

‘नेपाली उत्पादनको प्रवर्द्धन गर्ने उद्धेश्यले छुट्टै एक्स्पो गरिएको हो’, उनले भने, ‘नयाँ उद्यम गर्न चाहनेले पनि यहाँबाट विभिन्न आइडिया लिन सक्नुहुन्छ। स्टार्ट अप १० उद्यमीले एक्स्पोमा स्टल राख्नुभएको छ।’

महोत्सव आयोजक उद्योग वाणिज्य संघ चितवनले पनि महोत्सवमा ‘मेड इन नेपाल’ एक्स्पोलाई आकर्षणको रहने उल्लेख गरेको छ। 

images
प्रकाशित मिति :पौष २५, २०७९ सोमवार - १८:४४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology