Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मुख्यमन्त्री जम्कटेलले भेटे प्रधानमन्त्री

मुख्यमन्त्री जम्कटेलले भेटे प्रधानमन्त्री

images

इच्छाकामना न्युज

२८, पौष २०७९
मुख्यमन्त्री जम्कटेलले भेटे प्रधानमन्त्री
images

काठमाडौ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संघीयताको विषयमा प्रश्न खडा भएकोले  संघीयतालाई कसरी बलियो बनाउनेबारे कुराकानी भएको मुख्यमन्त्री जम्कटेलले जानकारी दिए । संघीयताको मर्मअनुसार प्रदेशलाई बलियो बनाउँदै, केन्द्र सरकारले तत्काल प्रहरी समायोजन, प्रदेश सरकार बिस्तार, प्रदेशमा बिश्वासको मत लिने लगायत बिषयमा कुराकानी भएको बताए । 

अध्यक्षले विश्वासको मत पाएकोमा आफूले बधाई दिएको र मुख्यमन्त्री बनेकोमा अध्यक्षले आफूलाई बधाई दिएको पनि उनले बताए । माओवादी नेता जम्कटेल पुस २५ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले माघ ३ गते विश्वासको मत लिंदैछन ।


 ११० सिट संख्या रहेको  बागमती  प्रदेशमा बहुमतको लागी तथा ५६ सिट चाहिन्छ । जम्कटेलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीको २ जना गरी ७० सांसदले समर्थन गरेका थिए ।

images
प्रकाशित मिति :पौष २८, २०७९ बिहिवार - १६:५१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology