Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ओली हलो र घण्टी लिएर शासन गर्न खोज्दैछन् : घनश्याम भुसाल

ओली हलो र घण्टी लिएर शासन गर्न खोज्दैछन् : घनश्याम भुसाल

इच्छाकामना न्युज

२९, पौष २०७९
ओली हलो र घण्टी लिएर शासन गर्न खोज्दैछन् : घनश्याम भुसाल

काठमाडौं – वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार बानेश्वरको एक होटलमा आयोजित कार्यक्रममा भुसालले आफू समाजवादीमा समाहित भएको घोषणा गरे। १० बुँदे सहमति गरेर एमालेमा लड्न गएको भन्दै उनले आफूले नेतृत्वको तानाशाही प्रवृत्ति विरुद्ध निरन्तर लडेको बताए। १० बुँदे सहमति गलत नभएको तर एमाले अध्यक्ष केपी ओलीका कारण लागू हुन नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ।

images

ओली अझै एकातिर हलो र अर्कातिर घण्टी राखेर बालकोटबाट शासन गर्न खोजिरहेको आरोप पनि लगाए। ‘व्यवहारिक रूपमा भन्ने हो भने एकातिर हलो र अर्कातिर घण्टी राखेर बालकोटबाट शासन चलाउने व्यवहार भइरहेको छ’, भुसालले भने। उनले अहिले पनि एमालेले संसदमा राम्रो भोट पायो भने फेरि संसद विघटन गर्छ भनेर संसदमै देखिएको भन्दै माओवादी पनि हिजोकै अवस्थामा फर्किएको आरोप लगाए ।

‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ । यस तर्कमा म बहस गर्न जहिल्यै तयार छु। यस्तो अवस्थामा म नेकपा एमालेमा रहन सकिनँ’ उनले भने, ‘मैले अघिल्लो चुनावमा हराएका मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा पनि मैले सहेर बस्ने हो भने जिउँदै बस्नुपर्छ कि पर्दैन भन्ने कुरा जोसुकैले पनि सोच्ने कुरा हो । जोसुकैले प्रतिवाद गर्छ।’

उनले एमालेले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप समेत लगाए। ‘सौराहा काण्डका नेताहरू जनताको बहुदलीय जनवादी भएपछि त्यहाँ फस्यो,’ उनको तर्क छ। भुसालले नेकपा एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी रहेकाले आफूले यो पार्टी रोज्नुपरेको बताए ।

भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरे पनि एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - १७:५०:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology