Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

खिचरा महोत्सवमा झुमे दर्शक 

खिचरा महोत्सवमा झुमे दर्शक 

खिचरा महोत्सवमा झुमे दर्शक 

दीपेश चौधरी  
खैरहनी । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको आठौँ खिचरा महोत्सव चर्चित गायक शिव परियार, महेश काफ्ले र अन्नु चौधरीलगायतले सांगितिक प्रस्तुति दिए। सांस्कृतिक कार्यक्रमको अन्त्यतिर मञ्चमा उक्लिएका गायक शिव परियारले अबेरसम्म प्रस्तुति दिए। सूर्य ढल्किनै लाग्दा मञ्च उक्लिएका गायक परियारले करिब डेढ घण्टासम्म दर्शक झुमाए। 

images

शिवले आफ्नो सुरूवाती चरणमा गाएका लोक गीत ‘फेवातालमा साइँली’बाट युवापुस्तामाझ लोकप्रिय बनेको गीत ‘क्या दामी भो’ गीत गाउँदा दर्शकको ‘फर्माइस’ थामिनसक्नु थियो। ‘आँसुको अर्थ के थाह’, ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले’ जस्ता माया प्रीतिका गीत पनि गाए। लोकदेखि आधुनिक, पपसम्मका सबै गीत गाएका शिवलाई सुन्न अन्तिमसम्म पनि दर्शकले भरपुर साथ दिए। 

शिवभन्दा अगाडि अन्नु चौधरीले नेपाली, थारु र हिन्दी भाषामा गीत गाएर दर्शक उफारिन्। यसपटकको खिचरा महोत्सवमा उनले पनि आफूसँग भएको प्रतिभालाई दर्शकसामु मिल्नेसम्म पोखिन्। 

दर्शकले पनि उनको स्वरमा स्वर मिलाएर साथ दिए। कसैले नाचेर धुलो उडाए। उनले ‘विन्दिया बोलाए सजना’, ‘लजालु मायालु’, ‘इशारा करे नयन’, ‘सजन मोर’लगायतका आधा दर्जन जति गीत गाएर मञ्चबाट बिदा भइन्। 

cc.jpg

त्यतिमात्र होइन, लोकसंगीतबाट कलाकारितामा छिरेका महेश काफ्ले पनि युवा दर्शकमाझ लोकप्रिय बनेका आधा दर्जन गीत गाए। ‘तातो गोली’, ‘लज्जावती झार’, ‘नाच फिरिरि’, ‘माया विरानी’लगायतका आधा दर्जन गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए। 

अन्य कलाकारहरू फिलीप चौधरी र रूविना चौधरी पनि महोत्सवको केन्द्रमा रहे। उनीहरूले पनि उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाए। साथमा रत्ननगर कला मन्दिरका कलाकारहरूले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए। महोत्सव अवधिभर नै विभिन्न कलाकारहरूमार्फत माहोल तताउन आयोजक समितिले प्रयास गर्दै आएको छ। 

महोत्सवमा हरेक दिन सांगितिक धमाका हुँदै आएको छ। त्यसबाहेक विभिन्न खालका खेलकुदका कार्यक्रमसमेत भएका छन्। चित्रकला, हाँजिरीजवाफ, तेक्वान्दो, भलिबललगायतका खेल सम्पन्न भएका छन्। कृषि प्रदर्शनीसमेत राखिएको महोत्सवमा पहिलो दिनदेखि नै निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भइरहेको छ। यही पुस २८ गतेबाट सुरू भएको महोत्सव माघ ४ गतेसम्म जारी रहनेछ। 

images
प्रकाशित मिति :माघ २, २०७९ सोमवार - २०:२०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology