Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मन्त्री सुदन किराँतीले आफ्नो बिरामी बुवासंग गरेको मार्मिक संवाद

मन्त्री सुदन किराँतीले आफ्नो बिरामी बुवासंग गरेको मार्मिक संवाद

मन्त्री सुदन किराँतीले आफ्नो बिरामी बुवासंग गरेको मार्मिक संवाद
images

काठमाडौं, ३ माघ । संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री बन्न लागेका सुदन किराँतीले सामाजिक सञ्जालमा आफ्नो विरामी बुवासँग गरेको सम्वादको पोष्टले यतिबेला चर्चा पाएको छ । सुदन किराँती हालसम्म ३ पटक सासद बनिसकेका छन् । तर मन्त्री भने पहिलो पटक बन्न लागेका हुन् । हेरौ उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको संवाद । 

images
images

325399079_575416897438006_6042256442508917264_n.jpg

मैले भने ।
म – बुवा म मन्त्री हुने भएँ छु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
म – हो बुवा साँच्चै हो बिपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
बुवा – मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो ।
बुवा- राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ……… ।
बुवा- हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए …… ।
बुवा – म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ……… !
संम्झे !
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक । “

images
प्रकाशित मिति :माघ ३, २०७९ मंगलवार - १२:५७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology