Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कसले जित्ला खिचरा डान्स आइडल? 

कसले जित्ला खिचरा डान्स आइडल? 

कसले जित्ला खिचरा डान्स आइडल? 

दीपेश चौधरी 

images

चितवन । आठौँ खिचरा महोत्सवअन्तर्गत ‘स्कुल स्तरीय खिचरा डान्स आइडल’को फाइनलमा प्रवेश गरेका सात जनाको लागि भोटिङ राउण्ड खुला गरिएको छ। मंगलबारको प्रस्तुतिबाट निर्णायक मण्डलले दिएको ६० प्रतिशत अंकमाथि ४० प्रतिशत अंक भोटिङका आधारमा तय गरिने हुँदा मंगलबार साँझबाटै भोटिङ राउण्ड खुला गरिएको र बुधबार दिउँसो १२ बजेसम्म खुला रहने आयोजकले जनाएको छ। सुरूमा २५ जना सहभागी भएको आइडलबाट सात जना फाइनलमा प्रवेश गरेका थिए। 
 
बुधबार हुने फाइनलबाट प्रथम हुनेले नगद ३० हजार, द्वितीय हुनेले नगद २० हजार र तृतीय हुनेले नगद १० हजार रूपैयाँ पुरस्कार पाउने छन्। खिचरा महोत्सवको समापन समारोहमा उनीहरूलाई पुरस्कार वितरण गरिने छ। प्रतियोगितामा कृष्टिना त्रिपाठी, नवीना भण्डारी, जेशिका चौधरी, सुस्मिता गिरी, दीपिका चौधरीका साथै सुजन खत्री र हिमाल श्रेष्ठ तथा मदरल्याण्ड डान्स ग्रुप फाइनलमा प्रवेश गरेका हुन्। 

K.jpg

त्यसका साथै कृषि प्रदर्शनीमा उत्कृष्ट हुन सफल किसानलाई पनि मंगलबार नगरपालिकाका प्रमुख शशि खनियाँ र उपप्रमुख कविता उप्रेतीलगायतको उपस्थितिमा पुरस्कृत गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए। कृषिअन्तर्गत काउली, बन्दा, खुर्सानी, गोलभेँडा, भेँडेखुर्सानी, आलु, मुला, प्याज, गाजर, लसुन, चुकन्दर, केराउलगायतका कृषि उपज प्रदर्शनीमा राखिएको थियो। 

पुस २८ गतेदेखि सञ्चालित महोत्सवमा मंगलबार कलाकार एकदेव लिम्बूले सांस्कृतिक प्रस्तुति दिएका थिए। सोमबार जस्तै मंगलबारको प्रस्तुतिमा समेत दर्शकले भरपुर मनोरञ्जन लिएका थिए। गायक लिम्बूले ‘गाजल टिकी’, ‘आँखामा आउने सपनी’, ‘आहै’, ‘बहाना’ ‘मनको कुरा’लगायतका सांगितीक प्रस्तुतिमार्फत दर्शक भुलाए। 
 
महोत्सवको छैठौँ दिन मंगलबार केयर पोलिक्लिनिकको सहयोगमा खुला रक्तदान कार्यक्रमसमेत सम्पन्न भएको छ। महोत्सव अवधिभर विभिन्न खालका खेलकुदसमेत आयोजना भएको थियो। महोत्सवको बुधबार समापन हुँदैछ। 

images
प्रकाशित मिति :माघ ३, २०७९ मंगलवार - २१:५६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology