काठमाडौं । मन्त्रिपरिषद् विस्तार पश्चात पहिलो बैठक सिहदरबारमा सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको हो । मंगलबार मात्रै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए । सबैको कार्यविभाजन समेत भइसकेको छ ।