Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन–नारायणगढ सडक अब दिउँसो ४ घण्टा बन्द हुने

मुग्लिन–नारायणगढ सडक अब दिउँसो ४ घण्टा बन्द हुने

मुग्लिन–नारायणगढ सडक अब दिउँसो ४ घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडक अझै एक महिना दिउँसोको समयमा बन्द हुने भएको छ । सडक विस्तार नसकिएकाले थप एक महिना दिउँसोको समयमा सवारीसाधन रोकेर निर्माण गरिने भएको छ । यस खण्डमा हाल पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । 

images

गत पुस ५ बाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आएको थियो । ५ माघबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सरोकारवालाको बैठकले काम नसकिएकाले दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए ।

images
प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - १७:५६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology