Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बहराइनका राजकुमार सहितको टोली असोज अन्तिम साता मनास्लु आरोहण गर्ने

बहराइनका राजकुमार सहितको टोली असोज अन्तिम साता मनास्लु आरोहण गर्ने

केशव गुरुङ

१८, आश्विन २०७७
बहराइनका राजकुमार सहितको टोली असोज अन्तिम साता मनास्लु आरोहण गर्ने

गोरखा, १८ असोज
बहराइनका राजकुमार खलिफा सहितको आरोहण दल असोज अन्तिम साता मनास्लु हिमाल आरोहण गर्ने भएको छ । सोलुखुम्बु स्थित लोबुचे हिमालको शनिबार सफल आरोण गरेसँगै बहराइनका राजकुमार सहितको टोली गोरखामा रहेको ८, १६३ मिटर अल्लो मनास्लु हिमाल आरोहणका गर्न लागेका हुन् । 
यहि अक्टोबर १५ देखि २० भित्र मनास्लु हिमाल आरोहण गर्ने आरोहणको व्यवस्थापन गर्दै आएका सेभेन समिट ट्रेकले जनाएको छ । शनिबार बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोली ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको आरोण गर्न सफल भएका थियो । हिमाल आरोहणका लागि गएका खलिफाका साथमा माउन्टेन गाइड मिङ्मा शेर्पा, टासीलाक्पा शेर्पा सहित २५ जनाको टोली शिखरमा पुगेको थियो । सेभेन समिटले आफ्नो फेसबुक पेजमार्फत पनि राजकुमारको टोलीले लोबुचेको सफलतापूर्वक आरोहण गरिएको जनाएको छ ।
बहराइनबाट आरोहणका लागि १८ जनाको टोली आएको थियो । सन् २०२० लागे यता नेपालका कुनै पनि हिमाल आरोहण भएको यो पहिलोपटक हो । कोरानाका कारण करिब ६ महिना देखि बन्द पदयात्रा तथा पर्वतारोहण औपचारिक रूपमा नखुले पनि भदौ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहणका लागि विशेष अनुमति दिने निर्णय गरेपछि राजकुमार सहितको टोलीले नेपालको  लोबुचे हिमाल र मनास्लु हिमाल आरोहणको अनुमति पाएको हो । 
अनुमति पाएसँगै राजकुमार सहितको टोली ३१ गते काठमाडौं आएको थियो । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । बहराइनको राजकुमारसहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ । 

images

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - १८:४८:५२ बजे

केशव गुरुङ

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology