Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारतको झारखण्डस्थित अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु 

भारतको झारखण्डस्थित अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु 

एजेन्सी

१८, माघ २०७९
भारतको झारखण्डस्थित अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु 

भारतको झारखण्डस्थित धनबाद भन्ने स्थानमा एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । धनबाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ ।

images

आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो । आगलागीको कारण खुलेको छैन । केही मिडियाहरुले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको बताएका छन् । 

images
प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - ०९:१२:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology