Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

रवि लामिछानेले प्रचण्डलाई भने : अदालत, प्रहरी सबैतिर मै मिलाउँछु, आजै शपथ खुवाउनुहोस्

रवि लामिछानेले प्रचण्डलाई भने : अदालत, प्रहरी सबैतिर मै मिलाउँछु, आजै शपथ खुवाउनुहोस्

images

इच्छाकामना न्युज

१९, माघ २०७९
रवि लामिछानेले प्रचण्डलाई भने : अदालत, प्रहरी सबैतिर मै मिलाउँछु, आजै शपथ खुवाउनुहोस्
images

काठमाडौं – रवि लामिछानेले आइतवार प्रक्रिया पुरा गरेर नागरिकता लिएपछि पुनः गृह मन्त्रालयमा दाबी गर्दै आएका छन् । आइतवार बेलुका र हिजो बिहान बेलुका दुई पटक प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका लामिछानेले बालुवाटार पुगेर ‘मलाई त्यही मन्त्रालय चाहियो’ भन्दै अड्डी कसेकोबारे माओवादी पदाधिकारी बैठकमा हिजै रिपोर्टिङ्ग भएको छ ।

रविको अड्डीबारे प्रधानमन्त्री प्रचण्डले हिजो पेरिसडाँडामा बसेको पार्टी बैठकमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले फैसलाको पूर्ण पाठ कुर्न आग्रह गर्दै यसवारे छलफल गर्न सकिने जवाफ दिएको एक पदाधिकारीले बताए ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘प्रधानमन्त्रीसङ्ग रविले हिजो बिहान भेट्नुअघि र भेटेलगत्तै महान्यायाधिवक्ता दिनमणि पोख्रेलले कुनै हालतमा अहिले फौजदारी अभियोग झेल्दै गरेको, त्यो पनि गैह्र साँसदलाई मन्त्री नियुक्त गर्न मिल्दैन, राहदानीसम्बन्धी कसुरमा कुनै हालतमा जोगाउन सकिन्न भन्नुभएको छ । तपाईं केही समय चुप लागेर बस्नुस् ।’

प्रधानमन्त्रीको उक्त धारणा सुन्ने बित्तिक्कै पौने ११ बजे रविले बालुवाटारमा भनेका थिए, ‘अदालत र अमेरिका बारम्बार गैरहने ३ जना श्रीमानलाई म मिलाउँछु । पासपोर्टको छानबिनमा पनि प्रहरीतिर मै मिलाउँछु, तपाईंले यसमा कुनै चिन्ता लिनुपर्दैन । तर मलाई आजै बेलुकासम्म गृहमन्त्रीको शपथ खुवाउन पर्यो । अरु कुरो मलाई थाहा छैन । अन्यथा, सरकारलाई दिइएको समर्थनबारे विचार गर्नुपर्ने हुन्छ ।’

जनआस्थाबाट

images
प्रकाशित मिति :माघ १९, २०७९ बिहिवार - ११:२९:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology