Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

टर्की र सिरियाको सिमानामा भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४३ सयभन्दा धेरै 

टर्की र सिरियाको सिमानामा भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४३ सयभन्दा धेरै 

इच्छाकामना न्युज

२४, माघ २०७९
टर्की र सिरियाको सिमानामा भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४३ सयभन्दा धेरै 
images

टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर मुत्यु हुनेको सङ्ख्या ४३ सयभन्दा धेरै भएको छ । अहिलेसम्म टर्कीमा २९ सय भन्दा धेरै र सिरियामा १४ सयभन्दा धेरै नागरिकको भूकम्पका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । १५ हजारभन्दा धेरै घाइते भएका छन् ।

images
images

स्थानीय समय अनुसार हिजो राति सबैजना सुतेका बेला ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । यो ठूलो भूकम्प पछि ७ दशमलव ५ रेक्टर स्केलको अर्को भूकम्प पनि गएको अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले खबर लेखेको छ ।

अहिले उद्धारको काम भइरहेको छ । तर भूकम्पका कारण भत्किएका हजारौं घरभित्र फसेका र पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको उद्धारकर्ताले बताएका छन् । भूकम्प प्रभावित टर्की र सिरियामा सहयोग गर्नको लागि अन्तर्राष्ट्रिय निकायले अपील गरिरहेका छन् । 

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - ०९:०९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology