Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रत्ननगरको बूढीराप्तीमा निर्माण भएको दुई पुलको हिसाब सार्वजनिक

रत्ननगरको बूढीराप्तीमा निर्माण भएको दुई पुलको हिसाब सार्वजनिक

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७९
रत्ननगरको बूढीराप्तीमा निर्माण भएको दुई पुलको हिसाब सार्वजनिक
images

चितवन । बूढी राप्तीमा निर्माण गरिएको दुई वटा काठे पुलको आयव्यय सार्वजनिक गरिएको छ । करिब ४ लाख ७६ हजार रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको काठे पुलको आयव्यय बुधबार सार्वजनिक गरिएको हो। 

काठेपुल निर्माण उपभोक्ता समितका संयोजक मीनबहादुर लामाका अनुसार पुल निर्माणको लागि रत्ननगर नगरपालिका वडा न ८ बाट तीन लाख र वडा न ७ बाट एक लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। यस्तै रत्ननगर नगरपालिकाबाट समेत ७६ हजार रूपैयाँ बजेट पाएपछि निर्माण सम्पन्न गरेको संयोजक लामाले जानकारी दिए। 

वडा नं.८ मा पर्ने दोभानमा निर्मित पुलले वारि बाघमारा र पारि बाघमाराका साथै सुकुमबासी बस्तीलाई आउन जान सहज हुने पुल निर्माण समितिका सचिव मथुरा चौधरीले जानकारी दिए। डुङ्गाघाटको पुलले भने चित्रसारी, गोठौली र सिसुवार क्षेत्रका स्थानीयलाई यातायातमा सहज हुने उनले बताए। 

खोलाको वारिपारि बस्ती भए पनि लामो बाटो घुमेर जाुनपर्ने बाध्यताको अन्त्य गराउनका लागि नगर र वडा तहबाटै बजेट व्यवस्थापन गरेर दुई वटा पुल निर्माण गरिएको वडा नं.७ का अध्यक्ष सजना महतोले जानकारी दिए। स्थानीयको माग र उनीहरूको सहजताको लागि आवश्यक काम गरिएको उनको भनाइ छ। 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - २१:११:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology