Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको आँबुखैरेनीमा जनता समाजवादी पार्टीकाे संगठन विस्तार

तनहुँको आँबुखैरेनीमा जनता समाजवादी पार्टीकाे संगठन विस्तार

इच्छाकामना न्युज

२९, पौष २०७७
तनहुँको आँबुखैरेनीमा जनता समाजवादी पार्टीकाे संगठन विस्तार

आँबुखैरेनी, २९ पौष । जनता समाजवादी पार्टीले तनहुँको आँबुखैरेनी गाँउपालिकामा संगठन विस्तार गरेको छ। आँबुखैरेनीमा मंगलबार भएको एक भेलाले पुर्ण गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरि जनता समाजवादी पार्टीले संगठन विस्तार गरेको हो । समितिको उपाध्यक्षमा पुर्ण गुरुङ्ग, सचिवमा लक्ष्मी वि.क.,सह सचिवमा रुद्र वि.क.,ममता गुरुङ्ग रहेका छन्। गाँउ कमिटका सदस्यहरुमा सुन कुमारी गुरुङ्ग,सानुकान्छा गुरुङ्ग,राम माया वि.क.,नरजित गुरुङ्ग,आस्कोट गुरुङ्ग,र मन्जु विक रहेका छन् । आँबुखैरेनीमा भएको भेलामा जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले सम्बोधन गरेका थिए। नेता राईले भेलालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नै उत्पीडनमा परेका वर्ग समुदायको पक्षमा काम गर्ने पार्टी भएको हुदा सबै नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा गोलबन्द हुन आग्रह गरे। सो अवसरमा आँबुखैरेनी गाँउपालिकाका नेता कार्यकतालाई प्रशिक्षण समेत दिएका थिए । जनता समाजवादी पार्टीका तनहुँका अध्यक्ष कृष्ण गुरुङ्ग, जनता समाजवादी पार्टी व्यास नगरका अध्यक्ष अम्मर भण्डारी, जनता समाजवादी पार्टीका नेता चन्द्र गुरुङ्ग लगायतले सम्बोधन गरेका थिए। जनता समाजवादी पार्टी तनहुँले जिल्लाका स्थानीय तहमा संगठन विस्तारमा जोड दिएको छ।

images

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १८:५७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology