Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तरुण दल आँबुखैरेनीका उपाध्यक्ष अधिकारीद्वारा भवन निर्माणका लागि पुलजिप युवा क्लवलाइ १० हजार सहयोग

तरुण दल आँबुखैरेनीका उपाध्यक्ष अधिकारीद्वारा भवन निर्माणका लागि पुलजिप युवा क्लवलाइ १० हजार सहयोग

इच्छाकामना न्युज

२९, पौष २०७७
तरुण दल आँबुखैरेनीका उपाध्यक्ष अधिकारीद्वारा भवन निर्माणका लागि पुलजिप युवा क्लवलाइ १० हजार सहयोग

आँबुखैरेनी, २९ पुस । नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीले क्लवको भवन निर्माणका लागि आँबुखैरेनी ४ स्थित पुलजिप युवा क्लवलाइ आर्थिक सहयोग गरेको छ। उपाध्यक्ष अधिकारिले क्लवको भवन निर्माणका लागि क्लवका अध्यक्ष बिजय गुरुङलाइ आज नगद १० हजार सहयोग गरेको हो। यस्तै उपाध्यक्ष अधिकारीले नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिलाई पनि नगद २० हजार सहयोग गरेको छ। अधिकारीले तरुण दललाई संगठानात्मक क्रियाकलाप अगाडि बढाउन र क्लवलाई भवन बनाउन सहयोग प्रदान गरेको बताए । तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका अध्यक्ष एवं पुलजीप युवा क्लवका अध्यक्ष विजय गुरुङले अधिकारीबाट तरुण दल र क्लवलाई सहयोग प्राप्त हुनु अत्यन्त सह्रानीय कार्य भएको बताए। प्राप्त सहयोग रकम तरुण दलको संगठनात्मक गतिविधी अगाडि बढाउन र सामुदायिक भवन बनाउन सहयोग गर्ने योजना बनाएको उनले बताए।

images

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १९:२७:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology