Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नारायणी नदि किनारमा आयोजित सेभेन ए साइड फुटबल टुर्नामेन्टमा अल स्टार क्लव आँबुखैरेनीको विजयी यात्रा जारी

नारायणी नदि किनारमा आयोजित सेभेन ए साइड फुटबल टुर्नामेन्टमा अल स्टार क्लव आँबुखैरेनीको विजयी यात्रा जारी

इच्छाकामना न्युज

२९, पौष २०७७
नारायणी नदि किनारमा आयोजित सेभेन ए साइड फुटबल टुर्नामेन्टमा अल स्टार क्लव आँबुखैरेनीको विजयी यात्रा जारी

चितवन, २९ पुस । नारायणी एकता क्लव चितवनद्वारा नारायणगढको नारायणी नदि किनारमा आयोजित सेभेन ए साइड फुटबल टुर्नामेन्टमा आँबुखैरेनीको अल स्टार फुटबल क्लवले दोस्रो जित हात पारेको छ। टुर्नामेन्टमा आज भएको खेलमा बसन्तपुर युनाइटेड क्लव माडीलाई ट्राइबेकरमा ४-३ ले हराउँदै अल स्टार फुटबल क्लव आँबुखैरेनीले प्रतियोगितामा दोस्रो जित हात पारेको हो। FB_IMG_1610546352071.jpg प्रतियोगितामा आज भएको खेलमा खेल अवधिभर दुवै टिमले ३-३ गोल गरेर खेलमा बराबरी गरेपछी खेल ट्राइबेकरमा गएको थियो। ट्राइबेकरमा बसन्तपुर युनाइटेड क्लव माडिलाइ ३ का विरुद्ध ४ गोल गर्दै अल स्टार फुटबल क्लव आँबुखैरेनीले प्रतियोगितामा आफ्नो बिजयी यात्रा जारी राखेको छ।

images

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - २०:०२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology