Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिबन्ध

अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिबन्ध

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७९
अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिबन्ध
images

लमजुङ । लमजुङमा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिबन्ध लगाइएको छ ।
बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएसँगै जिल्लामा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिबन्ध लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले सोमबार सूचना जारी गरी घरपालुवा सुगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाईन फिभर संक्रमणले छोटो समयमा नै महामारीको रुप लिन सक्ने भएकाले वंगुर ओसारपोसारमा रोक लागएको हो ।

उच्च मृत्युदर भएको यस रोग फैलन नदिन पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना जारी नभएसम्मको लागि बेसीशहर नगरपालिकाबाट बंगुर तथा वंगुरजन्य पदार्थहरु अन्य क्षेत्रमा ओसारपोसार गर्न प्रतिबन्ध लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिए ।

यस रोगको संक्रमण बेसीशहर नगरपालिका वडा नम्बर. ६ र ८ मा देखिएको छ । दुवै वडाका विभिन्न फार्ममा पालिकाएका वंगुर मर्न थालेपछि प्रयोगशाला परिक्षणबाट अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएको पशुचिकित्सक डा. श्रेष्ठले बताए । उनका अनुसार उक्त रोगको संक्रमणबाट हालसम्म ८० वटा बंगुर मरेका छन् ।

रोगी बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा ओसारमा रोग लगाइएको र स्वाइन फिभर पुष्टि भएका क्षेत्रमा जैविक सुरक्षाका विधिहरु अपनाउन भनिएको पशुचिकित्सक डा. श्रेष्ठले बताए ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - ०८:३७:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology