आँबुखैरेनी । यसपालीको फागुपूर्णीमाको अवसरमा फागुन २२ गते छिम्केश्वरीमा भव्य रुपमा ‘छिम्केश्वरी पर्यटन, साहित्यिक तथा साँस्कृतिक मेला आयोजना हुने भएको छ।
‘छिम्केश्वरी जाऔं ! राष्ट्रिय फुल लालिगुराँस संगै होली मनाऔं !!’ भन्ने नाराका साथ आँबुखैरेनी गाउँपालिका अन्तर्गतको वाङमय परिषद्को आयोजनामा मेला हुन लागेको हो । मेलामा विभिन्न प्रतियोगिता, सांगितिक तथा सांस्कृतिक प्रदर्शनी हुने आयोजक आँबुखैरेनी वाङमय परिषद्का अनिल श्रेष्ठले बताए ।
२१३४ मिटरको उचाईमा अवस्थित गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरीमा हुने मेलामा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री रेशम बहादुर जुग्जालीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने अध्यक्ष श्रेष्ठले बताए।