Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

बरादीको मिलिजुली कृषि उत्पादक सहकारीले आँबुखैरेनीमा कृषि उत्पादन बिक्री केन्द्र सञ्चालनमा ल्यायो

बरादीको मिलिजुली कृषि उत्पादक सहकारीले आँबुखैरेनीमा कृषि उत्पादन बिक्री केन्द्र सञ्चालनमा ल्यायो

images
बरादीको मिलिजुली कृषि उत्पादक सहकारीले आँबुखैरेनीमा कृषि उत्पादन बिक्री केन्द्र सञ्चालनमा ल्यायो
images

आँबुखैरेनी, २ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादीमा रहेको मिलिजुली कृषि उत्पादक सहकारी संस्था लिमिटेडले आँबुखैरेनी बजारमा कृषि उत्पादन बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। जिल्लाको नमुना कृषि सहकारीको रुपमा पहिचान बनाएको सहकारीले आजदेखि आँबुखैरेनी बजारमा कृषि उत्पादन बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। 

139505328_752880468766990_5101582815326356824_n.jpg
सहकारीले किसानको उत्पादनलाई सहज रुपमा आम उपभोक्ता माझ पु¥याउने उद्देश्यले बिक्री केन्द्र सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष इश्वरबाबु गौलीले बताउनुभयो। उहाँका अनुसार सहकारीले सहमती संस्था गैडाकोटको सहयोगमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। 
सहकारीको बिक्री केन्द्रमा कृषि र पशु्जन्य उत्पादनहरु बिक्रीका लागि राखिएको छ। जहाँ, हरियो तरकारीहरुका साथै दुध, दही, घ्यु, पनिर लगायतका सामाग्रीहरु पाईन्छ। दुग्धजन्य पदार्थको लागि सहकारीले बरादीमै रहेको बरादी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेको छ। 

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - २०:०८:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology