Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नारायणी कप–२०७७ को उपाधी आँबुखैरेनीको अल स्टार क्लबले उचाल्यो

नारायणी कप–२०७७ को उपाधी आँबुखैरेनीको अल स्टार क्लबले उचाल्यो

नारायणी कप–२०७७ को उपाधी आँबुखैरेनीको अल स्टार क्लबले उचाल्यो
आँबुखैरेनी, २ माघ । चितवनको नारायणी नदी किनारमा जारी नारायणी कप–२०७७ को उपाधी अल स्टार क्लब आँबुखैरेनी तनहुँले उचाल्न सफल भएको छ । लगातार एक पछि अर्को जित निकाल्दै फाईनलमा प्रवेश गरेको अल स्टार क्लबले आज (शुक्रबार) भएको फाईनल खेलमा भरतपुर फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो कब्जामा पारेको हो ।
खेलमा अल स्टारका लागी बिमल राना र विश्व अधिकारीले १/१ गोल गरेका थिए । जित सगै अल स्टार क्लबले नगद ४० हजार रुपैया हात पारेको छ, भने उपबिजेता भरतपुर फुटबल क्लबले नगद २० हजार रुपैयामा चित्त बुझाएको छ । जुगेडि फुटबल क्लबलाई हराउँदै अल स्टार क्लब फाईनलमा प्रवेश गरेको थियो । माघे संक्रान्तिको अवसर पारेर नारायणी एकता क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको हाे ।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - २०:४३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology