Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाट क्षेत्र बिकास समितिको अध्यक्ष भिम बहादुर रानाद्वारा पदबहाली 

देवघाट क्षेत्र बिकास समितिको अध्यक्ष भिम बहादुर रानाद्वारा पदबहाली 

इच्छाकामना न्युज

२१, चैत्र २०७९
देवघाट क्षेत्र बिकास समितिको अध्यक्ष भिम बहादुर रानाद्वारा पदबहाली 

देवघाट । तनहुँको देवघाट क्षेत्र बिकास समितिको अध्यक्ष भिम बहादुर रानामगरले पदबहाली गरेका छन्। २०७९ साल चैत १० गते मन्त्रिपरिषद बैठकले देवघाट क्षेत्र बिकास समितिको अध्यक्षमा नियुक्त गरेको छ।

images

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य समेत रहेका तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ निवासी भिम बहादुर रानामगर राजनैतिक र सामाजिक क्षेत्रमा लामो समय देखी सक्रिय रुपमा काम गर्दै आएको अनुभव छ।

साथै देवघाट क्षेत्र बिकास समितिको सदस्यमा तनहुँबाट शान बहादुर परियार (राजु), दिननाथ न्यौपाने, नवलपुर बाट प्रेमराज सापकोटा, हरिप्रसाद पौडेल, चितवनबाट रत्नलाल शर्मा कडेल र मोतीराम ढुंगाना चयन भएको छ।

आजको पदबहाली कार्यक्रममा गण्डकी प्रदेशका माननीय संसाद हरि बहादुर चुमान, देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ र देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक सदन बराल लगायतले बधाई तथा  शुभकामना दिएका थिए।

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - २२:२१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology