Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनकामना माईको दर्शनका लागि आउने दर्शनार्थी बढ्यो, आज एकै दिन ४५०० चढे केवलकार

मनकामना माईको दर्शनका लागि आउने दर्शनार्थी बढ्यो, आज एकै दिन ४५०० चढे केवलकार

मनकामना माईको दर्शनका लागि आउने दर्शनार्थी बढ्यो, आज एकै दिन ४५०० चढे केवलकार

कुरिनटार, ३ माघ । गोरखाको सहिद लखन गाउँपालिका स्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको आवागमनमा वृद्धि भएका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण ९ महिना बन्द भएको केबलकार गत मंसिर २८ गतेबाट सञ्चालनमा आएको हो । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेहरुको संख्यामा बृद्धि हुदैँ गएको मनकामना मन्दिरका मुल पुजारी इन्सान थापाले बताउनुभयो । उहाँका अनुसार पाँच हजार भन्दा बढी दर्शनार्थीहरुले आज मनकामना मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताउनुभयो ।

images

यसैबिच आज मात्र चार हजार भन्दा बढी मनकामना केबलकार चढेर मनकामना मन्दिर दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्वल शेरचनले आज एकै दिन चार हजार पाँच सय जनाले केबलकार चढेको बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि संचालनमा आएको केबलकारमा ४ हजार पाँच सय चढेको पहिलो पटक हो । सुरक्षा मापदण्डको पूर्ण पालन गर्दै केबलकार सञ्चालन गरिएको छ ।

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - २०:०३:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology