Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भट्टराईलाई भोट हाल्न पाउनु गौरवको विषय हो : पूर्वमन्त्री भण्डारी

भट्टराईलाई भोट हाल्न पाउनु गौरवको विषय हो : पूर्वमन्त्री भण्डारी

इच्छाकामना न्युज

२९, चैत्र २०७९
भट्टराईलाई भोट हाल्न पाउनु गौरवको विषय हो : पूर्वमन्त्री भण्डारी
images

तनहुँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले गोविन्द भट्टराईलाई भोट हाल्न पाउनु तनहुँवासीको लागि गौरवको विषय भएको बताउनु भएको छ । सो कुरा नेता भण्डारीले तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आज आयोजित सत्तागठबन्धनको चुनावी  कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो । 

images
images

त्याग र समर्पण र निरन्तर राजनीतिमा सक्रिय भएका नेता  भट्टराई भएकोले तनहुँवासीले गौरवको विषय भएको बताउनुभयो । तनहुँका जनताले भोट हालेको व्यक्ति राष्ट्रपति भएकोले तनहुँका जनता भाग्यमानी भएको उल्लेख गर्दै भट्टराई पनि राजनीतिमा भविश्य बोकेको व्यक्ति भएकोले भोट हालेर जिताउनु पर्ने बताउनुभयो ।

कुन ठाउँमा के समस्या छ थाहा भएको नेता भएकोले भट्टराईलाई जिताउनु पर्ने उहाँको भनाई थियो ।  विकासमा कुनै योगदान नभएको नेतालाई राम्रोसँग चिनेर पराजित गरी  दुःख र सुखमा साथ दिने भट्टराईलाई विजयी बनाउनु पर्ने भण्डारीको भनाई थियो । कुनै अवसर नपाएको र अवसर खोज्दै विचार र सिद्धान्त नछोडेको युवा संघर्षशिल युवा  भट्टराई भएको सत्तारुढ गठबन्धनका उच्च स्तरीय चुनावी कमाण्डर समेत रहेका भण्डारीको भनाई थियो । उम्मेदवार गोविन्द भट्टराईले तनहुँलाई विकासको नमुना जिल्ला बनाउन उम्मेदवार बनेको बताउनुभयो । सरकार जसको छ उसैले बजेट दिने भएकोले सत्तारुढ गठबन्धनका उम्मेदवारले विजयी हुँदा ठुला ठुला विकास योजना पार्न सकिने बताउनुभयो । राष्ट्रपति कृषि कार्याक्रम मार्फत कृषकलाई लाभ हुने योजना पर्ने उहाँले बताउनुयो ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, पूर्व क्षेत्रीय सभापति उदयराज गौली, नेकपा माआवोदी केन्द्रका नेताहरु हेमराज लामिछाने क्षितिज, पूर्णसिंह थापा लगायतले पदमा नहुँदा पनि काम गरेको नेता भएको तनहुँमा विकासको मुल फुटाउन भट्टराईको जिताउन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । गठबन्धनआज भट्टराईको चुनावी कार्यक्रम बन्दीपुरका विभिन्न वडामा भएको थियो ।

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २२:१५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology