Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटमा नेकपा एमालेको भव्य चुनावी सभा

देवघाटमा नेकपा एमालेको भव्य चुनावी सभा

करिश्मा गुरुङ

४, बैशाख २०८०
देवघाटमा नेकपा एमालेको भव्य चुनावी सभा

देवघाट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) देवघाट गाउँ कमिटीद्वारा आयोजित प्रतिनिधि सभा तनहुँ क्षेत्र नं १ उपनिर्वाचनको चुनावी आमसभा बृहत रुपमा सम्पन्न भएको छ।

images

आगमी बैशाख १० गते हुने चुनावमा प्रतिनिधिसभा तनहुँ क्षेत्र नं. १ का उम्मेदवार सर्वेन्द्र खनाललाई सूर्य चिन्ह्रमा मतदान गरी अत्याधिक मतले विजयी गराऔँ भन्दैँ भव्य रूपमा चुनावी सभा सम्पन्न भएको थियो । सो सभामा सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व मुख्य मन्त्री एवं नेकपा एमालेका उप–महासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले एउटा यस्तो पार्टी हो जुन पार्टीले देशको समृद्ध विकास चाहन्छ, नेकपा एमालेले मात्रै यो देशको पुर्ण विकास गर्ने बताए ।  

340860336_1018130949161346_7164327956367806457_n.jpg

नेकपा एमालेले चन्द्रमा छुने लक्ष्य राखेको छ भने विपक्षीका पार्टीको लक्ष्य छिम्केश्वरी छुने मात्रै रहेको ब्याङ्ग्यात्मक वाक्यबाट विवक्षीका पार्टी नेपाली काङ्ग्रेसलाई होच्याउदै आफ्नो चुनाव नजिकिँदै गर्दा आफ्नो गाउँ आफैँ बनाउनको लागि विचार गरेर मात्रै भोट हाल्न गुरूङले अनुरोध गरे । 

यो देशका युवा, वद्वा र बालबच्चा देखि लिएर सबैको लागि हित गराउने पार्टी नेकपा एमाले भएको र नेकपा एमाले पार्टीले नै वृद्वा भत्ता दिने व्यवस्था ल्याएको भन्दै अब त्यसलाई वृद्धि गर्दै लैजाने काम पनि एमालेले गर्ने गुरूङको भनाइ थियो । सोही अवसरमा गुरूङले नेकपा माओवादी र नेपाली काङ्ग्रेसले देश बनाउने पटकपटक मौका पाएता पनि केहि गर्न नसकेको बताउदैँ नेकपा एमालेले मात्र यो देशलाई समृद्ध बनाउन सक्ने जिकिर राखेका थिए ।

341957869_1299211237342673_6295794828429600764_n.jpg

देवघाट एउटा काशी हो र यस्तो पवित्रा ठाउँमा अझै सरकारको आँखा नपरेको हुदाँ देवघाट विकास नभएको बताउदैँ सहि व्यक्ति चुनेर भोट दिई देवघाटको समृद्ध विकास गर्न अनुरोध समेत गरे । देवघाटलाई एउटा धार्मिक, अध्यात्मिक रूपमा विकास गर्दै देवघाट देखि मुक्तिनाथ सम्म पुग्ने बाटो विस्तार गर्न सदैब अगाडि लागि पर्ने उनले बताए । 

नेकपा एमालेका नेता एवं पुर्व राष्ट्रिय युवा संघ अध्यक्ष महेश बस्नेतले नेपाली काङ्ग्रेसको कारणले गर्दा अहिले फेरि चुनाव गर्नु परेको बताउदैँ अहिलेको नेकपा एमालेले यो चुनावलाई गम्भीरताका साथ लिएर अगाडि बढेको बताए । ‘चुनावको बेलामा धेरै नक्कली सुन सक्कली सुन हो भनेर आइरहन्छ त्यसलाई विचार गरेर मात्र लिनुपर्छ’  –बस्नेतले भने। 

340894929_942832593513162_1473582705069877774_n.jpg

नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले नेकपा एमाले नै यो देशको धरोहर हो भन्दै सम्पूर्ण देवघाटवासीलाई यसपालि नेकपा एमालेलाई भोट दिई जिताउन अनुरोध गरे । सो सभामा  नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आफु सुरक्षाकर्मीको जागिरबाट आएको हुदाँ सकेसम्म यो देशको रक्षा गर्ने प्रतिवद्वता जनाए । आफुले यस चुनावमा जित हासिल गरे पश्चात देवघाट क्षेत्रको विकासमा आफुले सक्दो सहयोग गर्ने बताए । 

आजको सो सभामा नेपालीको चर्चित गायिका पुर्णकला बि.सि. ले आफ्नोलाई हैन राम्रोलाई जिताउ भन्दै आयो एमाले आयो, मेरो देशै एमाले म त यसै एमाले लगाएतका धेरै गित मार्फत एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई जिताउन समेत आग्रह गरिन । 

सो कार्यक्रम नेकमा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपानेको अध्यक्ष सम्पन्न भएको कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सदस्य शिवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - २१:२६:४८ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology