तनहुँ, ५ माघ । तनहुँको सामुदायिक रेडियो देवघाट १०२ दशमलव ६ मेगाहर्ज दशौं वर्ष पार गरी ११ औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०६७ सालमा तनहुँ जिल्लाको देवघाट क्षेत्रमा सगरमाथा सञ्चार सेवाको तर्फबाट स्थापना भएको रेडियोले समुदायको गतिविधिसँगै विभिन्न कार्यक्रम, जनचेतना मुलक कार्यक्रम र समाचार प्रसारण गर्दै आर्ईरहेको छ ।
रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले रेडियोले आगामी दिनमा पनि ओझेलमा परेका समुदायका मुद्दा र विषयलाई कार्यक्रम वा समाचार मार्फत् उजागर गरी समस्या समाधान गरिने बताउनुभयो । उहाँले रेडियोका अध्यक्ष भक्ति प्रसाद तिमिल्सेनाको कोभिड–१९ काकारण निधन भएपछि यस वर्षको वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको पनि जानकारी दिनुभयो ।