Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न

आँबुखैरेनी गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न

आँबुखैरेनी गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न

आँबुखैरेनी, ५ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न भएको छ। आज सोमबार गाउँपालिकाको सभाहलमा गाउँसभा सम्पन्न भएको हो। 
उक्त सभाले आर्थिक वर्ष २०७७/०७८ का लािग ५८ करोड ५ लाख बराबरको संशोधित कार्यक्रम र बजेटका साथै २ वटा विद्येयक समेत पारित गरिएको गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार गाउँसभाले पारित गरेको विद्येयकमा ५० प्रतिशत अनुदानमा संचालन हुने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ र पशुपन्क्षी पकेट क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम संचालन निर्देशिका २०७७ रहेको छ। 
यस्तै गाउँसभाले आँबुखैरेनी गाउँपालिकाका हरेक वडामा एक/एक वटा पोखरी र चौतारी निर्माण गर्ने निर्णय गरेको छ। पर्यावरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाको प्रत्येक वडामा एक/एक वटा पोखरी र चौतारी निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो। 

images

2.jpg
यसैगरी आजकै गाउँसभाले आवधिक योजना निर्माण गर्ने, बजार क्षेत्रमा हरित वेल्ट निर्माण गर्ने, क्रमागत योजनाका रुपमा संचालन हुने गरि बहुद्देश्यिय भवन निर्माण कार्य सुरु गर्ने लगायतका निर्णयहरु समेत भएको उहाँले बताउनुभयो। 
गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेल, वडाध्यक्षहरु एवं कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - १७:३४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology