Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

अमेरिकाको संसद भवन बन्द, बाइडेनको शपथ ग्रहणको पूर्वाभ्यास पनि रोकियो 

अमेरिकाको संसद भवन बन्द, बाइडेनको शपथ ग्रहणको पूर्वाभ्यास पनि रोकियो 

एजेन्सी

६, माघ २०७७
अमेरिकाको संसद भवन बन्द, बाइडेनको शपथ ग्रहणको पूर्वाभ्यास पनि रोकियो 
images

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नुअघि सुरक्षाका कारण वासिङ्गटन डिसीस्थित संसद भवन (क्यापिटल बिल्डिङ) बन्द गरिएको छ । अमेरिकी काँग्रेसको घर भनिने क्यापिटल बिल्डिङमा ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले हिंसा मच्चाउँदा ५ जनाको मृत्यु भएको थियो ।
यस्तै जो बाइडेनको पदभार ग्रहणको पूर्वाभ्यास पनि स्थगित गरिएको छ । बाइडेनको शपथ अघि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ भने हजारौं नेशनल गार्ड तैनाथ गरिएको छ । प्रत्यक्षदर्शीले संसद भवन नजिकै धुवाँ उड्दै गरेको देखेको बताएका छन् । 
वासिङ्गटन फायर सर्भिसले नजिकै आगलागीको घटना भएको र त्यसलाई नियन्त्रणमा लिइएको जनाएका छन् । क्यापिटलका कर्मचारीलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ भने कोही भित्र बाहिर गर्न नसक्ने गरी बन्द गरिएको छ।

images
images

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - १०:१०:४४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology