भुम्लिचोक – गोरखाको गण्डकी गाउँपालिका– ६ भुम्लिचोकमा बोलेरो जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएको छ । चितवनको फिस्लिङबाट भुम्लिचोकको घम्सुरतर्फ जादै गरेका बागतती प्रदेश ०१–०२५ च ६२०४ नम्बरको जीप आइतबार बेलुकी करिब पौने ९ बजे सडकबाट अन्दाजी ७० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय ७८ वर्षीया किरमाया आलेको उपचारका क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। दुर्घटनाको विषयमा जिल्ला प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धार गरिरहेको छ।
