Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

वडाको विकासका लागि प्रदेश सरकारसँग बजेट माग

वडाको विकासका लागि प्रदेश सरकारसँग बजेट माग

इच्छाकामना न्युज

१४, जेठ २०८३
वडाको विकासका लागि प्रदेश सरकारसँग बजेट माग
आँबुखैरेनी, १४ जेठ । आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिनेश केसीले गण्डकी प्रदेश सरकारका उर्जा तथा खानेपानी मन्त्री नन्द प्रसाद न्यौपाने तथा अर्थ मन्त्री जित शेरचनसँग भेटघाट गरी वडाका विभिन्न विकास योजनाका लागि बजेट माग गर्नुभएको छ।
भेटका क्रममा वडा नं. ५ र ६ मा आवश्यक खानेपानी योजना सञ्चालन तथा वडा नं. ३ का भित्री सडकहरूको स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा योजना समावेश गरिदिन आग्रह गरिएको जनाइएको छ।
वडा अध्यक्ष केसीले स्थानीय नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने तथा विकास निर्माणका योजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाइने बताउनुभयो। उहाँले आगामी दिनमा पनि वडाको समग्र विकासका लागि निरन्तर पहल जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटघाटका क्रममा विकास निर्माण, खानेपानी तथा सडक पूर्वाधारका विषयमा सकारात्मक छलफल भएको बताइएको छ।

images
प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - १९:०३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology