चितवन । चितवनको खैरहनी नगरपालिकामा पटका पड्काउने क्रममा १२ वर्षीय बालक गम्भीर घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का आयुष गान्धारी पटका पड्काउँदा गम्भीर घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बुधबार साँझ पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगो लागेको थियो।
कपडामा आगो सल्किएपछि बालकको छातीभन्दा तलको भाग जलेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरी उपरीक्षक पौडेलका अनुसार बालकको अवस्था गम्भीर रहेको छ।