Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मकवानपुरको भीमफेदीमा ईभी माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, दसैजना सर्लाहीको एउटै वडाका

मकवानपुरको भीमफेदीमा ईभी माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, दसैजना सर्लाहीको एउटै वडाका

images

इच्छाकामना न्युज

२७, कार्तिक २०८३
मकवानपुरको भीमफेदीमा ईभी माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, दसैजना सर्लाहीको एउटै वडाका
images

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका –६, चिसापानी गढीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका दसैजना सर्लाही जिल्लाको एउटै वडाका परेका छन् ।

काठमाडौँबाट सर्लाहीतर्फ आउँदैगरेको विद्युतीय गाडी बिहीबार बिहान सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन् । घाइते हुनेमा तीन पुरुष र दुई बालक रहेका छन् । म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय गाडीमा चालकसहित १५ जना सवार थिए ।

दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस भीमफेदीबाट सहायक प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहको नेतृत्वमा १० जना र नेपाली सेनाको ११ जनाको टोली खटिएको थियो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा १० जना तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश यादवको नेतृत्वमा १० जनाको थप टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार बिहान करिब ५:४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानी गढीबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८३ बिहिवार - ११:३३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology