धनगढी । अछाममा मेलामा युवतीमाथि बलात्कार गरेको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दहतालका २४ वर्षीय ज्ञानेन्द्र बलामी मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई घटनाको दोस्रो दिन पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार कात्तिक २२ गते ढकारी गाउँपालिका–स्थित ढुंगाचाल्लामा लागेको मेलामा राति १९ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोप उनीमाथि लागेको छ । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी पविन्द्र बमले पीडित युवतीको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जानकारी दिए ।