Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाटमा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम आजबाट सुरू

देवघाटमा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम आजबाट सुरू

इच्छाकामना न्युज

१२, जेठ २०८०
देवघाटमा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम आजबाट सुरू
images

तनहुँ । तनहुँको देवघाट गाउँपालिका ५ मा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम शुक्रबारबाट सुरू भएको छ । ‘समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नारा सहित देवघाट गाउँपालिकाको आर्थिक सहयोग,राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोग तथा देवघाटधाम जेसीजको व्यवस्थापनमा शुभारम्भ भएको हो । 

images
images

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय अध्यक्ष विकास मानन्धरले ब्यानर पढेर तालिमको शुभारम्भ गरेका थिए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी राधिका भुसाल, जेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी राजाराम गौतम, राष्ट्रिय युवा परिषद्का अधिकृत सनमायाँ रम्तेल देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवर, देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटाको उपस्थिति रहेको थियो । 

सो समारोहमा देवघाटधाम जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी विष्णुहरि सापकोटाले कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्नुभएको थियोे । भने देवघाटधाम जेसीजका सम्पुर्ण पदाधिकारीहरूको सहभागीतामा तालिमको शुभारम्भ भएको छ । कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

images
प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - २३:२१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology