Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटमा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न 

देवघाटमा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न 

इच्छाकामना न्युज

१८, जेठ २०८०
देवघाटमा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न 

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम आज बिहिवार सम्पन्न  भएको छ । जेठ १२ गते देखि सुरु भएको सो तालिम जेठ १८ गते सम्म संचालन  भएको थियो। 

images

'समृद्ध नेपालका लागि स्वास्थ्य,कर्मठ र उद्यमी युवाूभन्ने मुल नारा सहित देवघाट गाउँपालिकाको आर्थिक सहयोग,राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोग तथा देवघाटधाम जेसीजको व्यवस्थापनमा भएको सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिमको समापन कार्यक्रमलाई सम्बोधन  गर्दै कार्यक्रम प्रमुख अतिथि  देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले अति नै महत्त्वपूर्ण तालिम दिएको बताउदैँ प्रशिक्षार्थी सबैले मनन गरेर अगाडि बढ्न अनुरोध गरे । देवघाट गाउँपालिकामा महिला उद्यमी उत्पादन गर्ने उद्देश्यले धेरै तालिमहरू ल्याइएको बताए । तालिम प्राप्त व्यक्तिले पालिकामा आएर व्यवसाय गर्छु भनेमा उक्त व्यक्तिले व्यवसाय फर्म दर्ता गरेर पालिकाबाट केही रकम अनुदान प्राप्ति गर्न सकिने समेत अध्यक्ष थापाले बताए । साथै उहाँले ले देवघाट गाउँपालिकाको समग्र विकासको लागि देवघाटधाम जेसीजसँग हातेमालो गरेर  अगाडि बढ्ने प्रतिवद्वता गरेका थिए  । 

सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले तालिममा धेरै संख्यामा महिला दिदिबहिनीको सहभागी हुँदा खुसी व्यक्त गर्दै सबैलाई उद्यमी वन्न आग्रह गरे । सोही समारोहमा गुरूङले देवघाटधाम जेसीजले देवघाट गाउँपालिकाको समग्र विकासको लागि हातेमालो गरेर अगाडि बढ्ने बताउदै पालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताए ।  

सात दिनको पहिलो सत्र कार्यक्रम उदघाटन,परिचय र अपेक्षा सङ्कलन,दोस्रो दिन व्यवसायिक विचार सृजना दिमागी मन्थन र व्यवसायको प्रारम्भिक छनौट प्रक्रिया, जनशक्ति व्यवस्थापन, व्यवसायको स्वरूप, कानुनी दायित्व खरिद व्यवस्थापन (कच्चा पदार्थ र शिर्षभार खर्च), लगानीमा प्रतिफल, पार विन्दु र नगद प्रवाह, व्यवसायिक योजना प्रस्तुतीकरण रहेको कार्यक्रम संयोजक जेसी प्रसन्न ढकालले बताए । 

संयोजक ढकालले हरेक दिनको दोस्रो सत्रमा उद्यम र उद्यमशीलताको परिचय तथा व्यवसायको प्रकार व्यवसायिक विचार कसरी सृजना गर्ने रु साधारण व्यवसाय चक्र,मार आपूर्ति,व्यवसाय शुरुवातका लागि आवश्यक फूल पूँजी र पूँजीको स्रोत व्यवसायिक योजना तयारी,व्यवसायिक कार्ययोजना निर्माण र प्रस्तुतीकरण,व्यवसायिक योजना तयारी,राष्ट्रिय युवा परिषद, वित्तीय संस्थाको प्रस्तुती रहेको बताए । 

त्यस्तै गरि हरेक दिनको तेस्रो सत्रमा के तपाई व्यवसाय शुरू गर्न तयार हुनुहुन्छ ? साधारण व्यवसाय चक्र, व्यवसायको परिचय र व्यवसायको महत्त्व योजना,माग र आपूर्ति,व्यवसाय सुरूवातका लागि आवश्यक कुल पूँजी र पूँजीको स्रोत,व्यावसायिक योजना तयारी, व्यावसायिक कार्ययोजना निर्माण र प्रस्तुतीकरण रहेको थियोे भने चौथो सत्रमा उद्यमीमा हुनुपर्ने सीप र सक्षमता, साधारण व्यवसाय चक्र, व्यवसायको परिचय र व्यवसायको महत्त्व योजना, बिक्री योजना र नाफा रनोक्सान,माग र आपूर्ति, व्यवसायको योजना तयारी, मुल्यांकन र समापन सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए ।

देवघाट गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल,देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्णराज पन्त,ज्योति विकास बैंक देवघाट शाखाका प्रवन्धक पोश्यानाथ आचार्य,देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा लगाएत देवघाटधाम जेसीज वर्ष २०२३ का सम्पूर्ण पदाधिकारीहरूको सहभागीता रहेको थियोे भने तालिम अवधिभर रमाकान्त शर्मा र प्रकाश मरासिनी प्रशिक्षक दिनु भएको थियोे । भने लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि विषयमा देवघाट सामुदायिक सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारतीले प्रशिक्षण दिनु भएको थियोे । तालिममा  गाउँपालिका भित्रका ५ वटा वडाको ५।५जना  प्रशिक्षार्थी तालिममा सहभागी रहेको थियो । 

देवघाटधाम जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी विष्णुहरि सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम देवघाटधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रघु मल्लले सञ्चालन गरेका थिए ।

images
प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - २३:१५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology