Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बैंकमा थुप्रियो पैसा, कहिले बढ्ला कर्जा ?

बैंकमा थुप्रियो पैसा, कहिले बढ्ला कर्जा ?

इच्छाकामना न्युज

२०, आषाढ २०८०
बैंकमा थुप्रियो पैसा, कहिले बढ्ला कर्जा ?


काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तताको असर सामना गर्नुपर्दा वाकड क्षेत्रमा पैसाको थुप्रो लागेको छ। पछिल्लो समय बजारमा कर्जा विस्तार गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा (लगानीयोग्य रकम र तरलता) को थुप्रो लागेको हो।

images

राष्ट्र बैंकका अनुसार पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रमा साढे तीन खर्बभन्दा बढी रकम थुप्रिएको छ। असार १४ सम्ममा बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्व रुपैयाँ निक्षेप संकलन भएको छ। यस्तै, ४८ खर्ब ५९ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ। जसअनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३।६२ प्रतिशतमा झरेको छ । असार दोस्रो सातासम्ममा वाणिज्य बैंकमा ४९ खर्व ४३ अर्व रुपैयाँ निक्षेप संकलन भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ६ खर्व ५६ अर्ब निक्षेप संकलन भएको छ।


निक्षेप बढ्दै जाँदा कर्जा प्रवाह भने सुस्त छ। यसबीचमा वाणिज्य बैंकहरूबाट ४३ खर्ब १ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थाबाट ५ खर्व ५८ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ। बैंक तथा वित्तीय क्षेत्रमा असार महिनाको १४ दिनमै करिब ३१ अर्व निक्षेप थपिएको छ। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह भने निकै कम छ गत असार २ सम्ममा बैंकिङ क्षेत्रमा ५५ खर्ब ६८ अर्ब निक्षेप रहँदा ४८ अर्व ५४ अर्व रुपैयाँ कर्जा प्रवाह भएको थियो।

वाणिज्य बैंकमा मात्रै असार २ सम्ममा ४९ खर्ब ११ अर्व रुपैयाँ निक्षेप संकलन भएको थियो भने ४२ खर्ब ९८ अर्व रुपैयाँ कर्जा प्रवाह भएको थियो। यसबीचमा निक्षेप झण्डै ३२ अर्बले बढ्दा कर्जा प्रवाह भने ३ अर्बले बढेको छ ।पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता पर्याप्त हुनुमा अर्थतन्त्रको सुस्तता कारण रहेको सरोकारवालाहरू बताउँछन् । बजारबाट कर्जाको माग हुनका लागि केही समय पर्खनुपर्ने सरोकारवालाको भनाइ छ।

असार कर्जा असुलीको महिना भएकाले बैंकहरूले असुलीमा नै ध्यान दिएका छन्, जसका कारण पनि कर्जा लगानी सुस्त भएको छ। यो समाचार कारोबार दैनिकमा छ ।

 

images
प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - ०७:३६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology