Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन-नारायणगढ सडक शनिबार रातिसम्म पनि खुलेन

मुग्लिन-नारायणगढ सडक शनिबार रातिसम्म पनि खुलेन

इच्छाकामना न्युज

२३, आषाढ २०८०
मुग्लिन-नारायणगढ सडक शनिबार रातिसम्म पनि खुलेन

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा शनिबार दिउसो खसेको पहिरो राति १० बजेसम्म पहिरो पन्छाउने काम भइरहेको छ । हामीलाई प्राप्त खबर अनुसार पहिरो हटाउन अझै २ घण्टा लाग्ने छ ।

images

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा दुईतर्फी अवरुद्ध भएको सडक सुपरभाईजर इश्वर क्षेत्रीले इच्छाकामना न्यूजलाई बताए । उनका अनुसार अहिले २ वटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भैरहेको भएपनि पहिरो ठुलो भएको र झर्ने क्रम नरोकिएकोले पहिरो हटाई राजमार्ग सूचारु गराउन समस्या भएको छ ।

पहिरोले स्थानीयको २ वटा घरमा समेत क्षति पुर्‍याएको खबर छ । 

images
प्रकाशित मिति :आषाढ २३, २०८० शनिवार - २२:११:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology