बुंकोट । सहिदलखन गाउँपालिका वडा नं ७ मा रहेको दुई वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । वडा भित्र रहेको चण्डिका आधारभुत विद्यालयका एक सय २१ जना र लखन थापा प्राथमिक विद्यालयका ४९ जनालाइ विद्यालय पोशाक वितरण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
वडा कार्यालयको अनुरोध र सहिदलखनगापा–४ ताक्लुङ निवासी बिन्दु परियार थापाको समन्वयमा हाल अमेरीकामा बसोबास गर्दै आएका समाजसेवी डा.बिण्णुमाया परियारको आर्थिक सहयोगमा उक्त सामग्री शुक्रबार वितरण गरिएको हो ।
परियारको बुबा रुप बहादुर परिवारको सम्झनामा शुक्रबार विद्यालयममै पुगेर बालबालिकाहरुलाई पोशाक हस्तान्तरण गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सामुदायिक विद्यालयका कतिपय अभिभावकहरु आर्थिक अवस्था कमजोर भएका कारण आफना बालबालिकाहरुलाई विद्यालय पोशाक किनिदिने अवस्था नभएका कारण यसले विद्यार्थी र अभिभावकलाई धेरै राहत पुग्ने उनले बताए । यस प्रकारका कार्यक्रमहरुले सामुदायिक विद्यालय प्रति आकर्षण बढ्ने उनको भनाइ छ ।
डा. विष्णु माया परियारले विभिन्नसंस्थाहरुमा आबद्ध भई समाजसेवाका क्रिशाशील रहदै आएका छन् ।