Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम ८० प्रतिशत सकियो, फागुनसम्ममा सञ्चालनमा आउने 

आँबुखैरेनी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम ८० प्रतिशत सकियो, फागुनसम्ममा सञ्चालनमा आउने 

सबै वडाका कार्यालय भवन पनि धमाधम बन्दै

आँबुखैरेनी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम ८० प्रतिशत सकियो, फागुनसम्ममा सञ्चालनमा आउने 

आँबुखैरेनी, ९ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको निर्माणधिन नयाँ प्रशासनिक भवनको निर्माणको काम ८० प्रतिशत सकिएको छ। दुई वर्ष अघि देखि सुरु भएको गाउँपालिकाको नयाँ प्रशासनिक भवनको काम पछिल्लो समय ८० प्रतिशत सकिएको हो। 
बाँकी २० प्रतिशत काम चाडै सकाएर यहि फागुन मसान्तसम्ममा सञ्चालनमा ल्याउने तयारी भैरहेको गाउँपालिकाले जानकारी दिएको छ। बहुवर्षिय योजना अन्तर्गत निर्माण भैरहेको भवन निर्माण सम्पन्नका लागि चालु आवमा मात्रै गाउँपालिकाले २ करोड १५ लाख रुपैयाँ रकम विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो। सो मध्य १ करोड २५ लाख रुपैयाँ खर्च भैसकेको पनि उहाँले बताउनुभयो। 
भवन निर्माणका लागि हालसम्म ३ करोड ७७ लाख रुपैयाँको ठेक्का लागेको छ।
यस्तै गाउँपालिकाले सबै वडाका वडा कार्यालयहरुको नयाँ भवन निर्माणका लागि पनि धमाधम काम गरिरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार हालसम्म वडा नं. १ र वडा नं. ५ को वडा कार्यालय भवन निर्माण भैसकेको छ। वडा नं. १ को सत्रसयमा ७४ लाख ४२ हजार ७ सय रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न गरेको नयाँ भवनमा कार्यालय संचालनमा समेत आईसकेको छ। वडा नं. ५ को सानोभञ्ज्याङमा निर्माण सम्पन्न भएको कार्यालय भवन भने संचालनमा आईनसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो। सो स्थानमा केहि थप भवनहरुको व्यवस्था गर्नुपर्ने भएकोले संचालनमा आउन केहि समय लाग्ने उहाँले बताउनुभयो।
यसैगरी वडा नं. २ को भवन निर्माणका लागि बगुवामा जग्गा छनौट गर्ने काम सकिएको छ। वडा नं. ४ को लागि बेनिटारमा ५२ लाख ४२ हजार रुपैयाँमा वडा कार्यालय भवन बनिरहेको र ७० प्रतिशत निर्माणको काम सकिएको छ भने वडा नं. ६ को वडा कार्यालयको लागि हिलेखर्कमा जग्गा व्यवस्थापन गरि डिपिआर तयार भैसकेको गाउँपालिकाले जनाएको छ। वडा नंं ६ को कार्यालय भवन निर्माणका लागि करिब ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 
वडा नं. ३ को कार्यालय भने गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनमै राख्न लागिएको छ।  

images

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - २०:१६:५८ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology