गोरखा – नेकपा माओवादी केन्द्र गोरखाको संयोजकमा दिपक तिमिल्सिना सकार चयन भएका छन् । उनी गण्डकी गाउँपालिकाको अध्यक्ष समेत हुन् । त्यस्तै जिल्ला इन्चार्जमा दिपक कोइराला चयन भएका छन् ।
शनिवार बसेको पार्टीको गण्डकी प्रदेश बैठकले उनीहरुलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी रुपान्तरण सहितको शुद्धिकरण अभियानका लागी इन्चार्ज र संयोजक हेरफेर गरिएको बताइएको छ ।
‘यही भदौ १६ गतेबाट तीन महिने अभियान चल्दैछ,’ पार्टीका गण्डकी प्रदेश सदस्य अकुर तिमिल्सिनाले भने, ‘त्यसकै लागी इन्चार्ज र संयोजकको अन्तर जिल्ला सरुवा गरिएको हो ।’
गोरखाका पार्टी इन्चार्ज कोइराला कास्की जिल्लाका हुन् । उनी माओवादी केन्द्रका केन्द्रिय सदस्य पनि हुन् । पार्टीले संचालन गरेको तीन महिने अभियान अवधिभरका लागि कोइरालाई गोरखाको इन्चार्जको जिम्मेवारी दिइएको बताइएको छ ।
यसअघि गोरखा जिल्लाका पार्टी इन्चार्ज अमर तमुलाई नवलपुर खटाइएको उनले जानकारी दिए । उनका अनुसार अभियानका लागी प्रदेश समिति सदस्यको पनि कार्यबिभाजन गरिएको छ ।