काठमाडौ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षबाट सुदेश पराजुलीले यसै साता बिदा लिने तयारी गरिरहेका छन् । संगठनको भावि नेतृत्वको लागि तीन जना नेताहरुले दाबी गरेका छन् । नेतृत्वको लागि दाबी गर्नेहरुमा उपाध्यक्षद्धय हिरेन्द्र बहादुर शाही, माधव पन्त र महासचिव आरति लामा रहेका छन् । नेकपा एमाले विभाजन पहिले नै समानान्तर समितिको अध्यक्ष बनेका पराजुलीले अब महाधिवेशन आयोजक कमिटी बनाएर बिदा लिन लागेको हुन् ।
अनेरास्ववियूले महाधिवेशन आयोजक कमिटी गठनको लागि भदौ ८ र ९ गते संगठनको स्थायी कमिटी बैठक काठमाडौंमा बोलाइसकिएको छ । संयोजकमा दाबेदार पेश गरिरहेका तीनै जना नेतृत्व लामो समयसम्म सङ्गठनमा महत्वपूर्ण भुमिका निर्वाह गरिसकेकाहरु व्यत्तिहरु हुन् । उपाध्यक्ष हिरेन्द्र बहादुर शाही बौदिक छवि भएको नेताको रुपमा परिचित छन् । उनले पार्टी विभाजनपूर्व लामो समय अनेरास्ववियूको प्रशिक्षण विभागमा रहेर जिम्मेवारी निर्वाह गरिसेका छन् । उनी पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा एमफिल÷पिएचडी अध्ययनरत समेत छन् । उसो त, संयोजकमा दाबी गरिरहेका पन्त र लामाको पनि सङ्गठन र विद्यार्थी आन्दोलनमा योग्दान कम्तिको छैन । संयोजकको दाबेर पन्त मोफसबाट राजनीति गरेका युवा हुन् । त्यसो त उनी युवा पुस्ताका माझ परिचित र लोकप्रिय छन् । त्यस्तै महासचिव आरती लामा संघर्षको मैदानबाट उदाएकी युवा महिला हुन् । संयोजक बन्न संगठनका उपाध्यक्ष केशरी रेग्मीले पनि दाबी गरिरहेका छन् ।
नयाँ नेतृत्व चयनको मुखैमा रहेको सङ्गठनका विद्यार्थीहरु, नेतृत्वको आकाङ्क्षीहरु देखेर उत्साहित छन् । सङ्गठनको रत्न राज्यलक्ष्मी क्याम्पसका एक नेताका अनुसार, “तीनै जना व्यत्ति नेतृत्वको लागि सक्षम छन्, जसले नेतृत्व गरेपनि हामीलाई चिन्ता छैन । हाम्रो सङ्गठन सक्षम नेतृत्व छान्न सक्षम छौ ।”