काठमाडौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ । किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज (बुधबार) बिहान ४ बजे निधन भएको हो।
वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राई लामो समयदेखि प्यारालाइसिसबाट ग्रसित थिए ।
मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्।
भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !
तस्विर : आमा, वुवा, दिदि र म - ब्रुनाई
वुवाले फोटोको पछाडी लेख्नु भएको छ मिति - २०३७/११/१०