Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बैंग्लोरलाई ५९ रनले हराउँदै दिल्ली आईपिएलको शीर्ष स्थानमा

बैंग्लोरलाई ५९ रनले हराउँदै दिल्ली आईपिएलको शीर्ष स्थानमा

एजेन्सी

२०, आश्विन २०७७
बैंग्लोरलाई ५९ रनले हराउँदै दिल्ली आईपिएलको शीर्ष स्थानमा

काठमाण्डौ, २० असोज । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । 

images

राति यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । 

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । बेङ्गलोरले भने ५ खेलमा ६ अंक जोडेको छ । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउँदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।

बेङ्गलोरका मोहमद सिराजले २ विकेट लिए । इशुरु उडाना र मोइन अलीले १/१ विकेट लिए । बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे।

नाभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम् डुबेले समान ११/११ रन बनाए । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट झारे ।

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - ०८:२४:२० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology