Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दुई दिनसम्म बरमझियामा पेडा बनाएँको छु: एमाले अध्यक्ष केपी शर्मा ओली

दुई दिनसम्म बरमझियामा पेडा बनाएँको छु: एमाले अध्यक्ष केपी शर्मा ओली

इच्छाकामना न्युज

१५, भाद्र २०८०
दुई दिनसम्म बरमझियामा पेडा बनाएँको छु: एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरमझियामा पेडा बनाएर बेचेको दिनको स्मरण गरेका छन् । सिरहामा हालै सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा सहभागी भएर बिराटनगर फर्कने क्रममा अध्यक्ष ओलीले पुराना दिनको स्मरण गरेका हुन ।  

images

‘रातिको करिब ९÷१०बजेको  थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो,’ अध्यक्ष ओलीले पुराना दिन सम्झदैँ फेसबुकमा लेखेका छन, ‘यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ। अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको  सम्झना गरियो।’

एमालेले चौथौं महाधिवेसन (२०४६ भदौं ९–१४) स्थल सिरहामा हालै केन्द्रिय सचिवालयको बैठक सम्पन्न गरेको थियो । जनताको बहुदलीय जनवाद (जबज)तर्फ पार्टीलाई लैजाने निर्णय गरेको सो महाधिवेसनले संयुक्त बाम मोर्चा निमार्ण गरी नेपाली कांग्रेससँग मिलेर पञ्चायत बिरुद्ध जनआन्दोलन गर्ने नीति लिएको सो स्थानमा भएको सचिवालय बैठक सकेर ओली बिराटनगर जाने क्रममा बरमझियामा पसेका थिए ।  

images
प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - ०८:५८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology