भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाले गण्डकी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई राजनैतिक कार्यक्रममा सहभागिता नजनाउनुका साथै कुनैपनि राजनैतिक कार्यक्रम विद्यालय क्षेत्र भित्र नगर्न आग्रह गरको छ । सामाजिक सञ्जालमा राजनिति दलहरुले विद्यालयमा कार्यक्रम गरेको र शिक्षकहरु समेत सहभागी भएबको भन्दै गाउँपालिकाले सुचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
गाउँपालिकाले शिक्षा नियमावली २०५९ तथा आचारसंहिता र निजामती सेवा नियमावली २०५० ले कुनैपनी शिक्षक र कर्मचारी राजनैतिक पार्टीको कार्यक्रममा सहभागी हुन नपाउने र सहभागी भए विभागिय कारबाही समेत हुने अबगत गराएको छ। साथै सुचनामा विद्यालयमा हुने राजनैतिक गतिविधिले शैक्षिक गुणस्तरमा प्रभाव पर्ने हुदाँ सम्पूर्णलाई गम्भीर भैदिन आग्रह समेत गरेको छ ।
